एनएमबि बैंकको ऋणपत्र बन्द हुँदै, सनराईजले थप्यो समय

Apr 08, 2019 Merolagani

एनएमबि बैंक (NMB) ले निष्काशन गरेको ऋणपत्र चैत २५ गते सोमबार (आज) बन्द हुँदैछ। उता सनराइज बैंकको ऋणपत्र छिटाेमा निष्काशन बन्द हुने मिति सोमबार नै रहेकोमा आवश्यक आवेदन नपरेपछि ढिलो मितिसम्म लम्बिएको छ।

एनएमबि बैंकले फागुन ३० गते देखि सर्वसाधारणको लागि एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख युनिट ऋणपत्र निष्काशन गरेको थियो। 

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार चैत २४ गते आइतबारसम्म ऋणपत्रमा ४ करोड ६९ लाख १८ हजार रुपैयाँ बराबरको ४६ हजार ९१८ युनिट माग भएको छ। सर्वसाधारणमा निष्काशन भएको ऋणपत्रमा कुल ४३७ आवेदकले सो परिमाणमा आवेदन दिएका हुन्। सर्वसाधारणमा निष्काशन भएको १२ लाख युनिटमध्ये ११ लाख ५३ हजार ८२ युनिट बिक्री हुन बाँकी छ

एनएमबि बैंकले दश प्रतिशत ब्याजदरमा दश वर्ष अवधिको ३ अर्ब रुपैयाँ बराबरको कूल ३० लाख कित्ता निष्काशन गरेको हो । जसमध्ये निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो

यस्तै सनराईज बैंक (SRBL) को ऋणपत्रमा भने आवेदन गर्ने समय थप भएको छ। बैंकले चैत २५ गते सोमबार छिटोमा बन्द हुने गरि ऋणपत्र निष्काशन गरेकोमा यसबीचमा आवश्यक आवेदन नपरेपछि बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले सूचना जारी गरेर समय थप भएको जनाएको हो ।

अब बैंकको ऋणपत्रमा ढिलोमा बैशाख २९ गते भित्र आवेदन गर्न सकिनेछन्। सो समय अगावै निष्काशित ऋणपत्र बिक्री भएको खण्डमा भएमा बिक्री प्रबन्धकले पूर्व सूचना दिएर निष्काशन बन्द गर्न सक्नेछ।

सनराईज बैंकको ऋणपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार चैत २४ गते आइतबारसम्म सो बैंकको ऋणपत्रमा ३ करोड १७ लाख रुपैयाँ बराबरको ३१ हजार ७०० युनिट माग भएको छ। सर्वसाधारणमा निष्काशन भएको ४ लाख मध्ये ३ लाख ६८ हजार ३०० कित्ता बिक्री हुन बाँकी रहेको छ।

बैंकले चैत २० गते देखि २५ गते सम्म एक अर्ब रुपैयाँ बराबरको ’१० प्रतिशत सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र बिक्रीमा ल्याएको हो । बैंकले प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा १० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो।

निष्काशनमा आएको कूल १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि जारी गरिएको हो भने बाँकी ६० प्रतिशत अर्थात ६ लाख युनिट भने व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गरिनेछ।

आवेदन दिँदा न्यूनतम २५ कित्ता युनिटको एक हजार रुपैयाँ दरले २५ हजार रुपैयाँदेखि ४ लाख कित्ता युनिट बराबरको ४० करोड रुपैयाँसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ।

नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा तथा मेरो शेयर सफ्टवेयरबाट पनि ऋणपत्रमा आवेदन दिन सकिन्छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।