शिवम् सिमेन्ट्सको लाभांश सोमबारसम्म कायम शेयरधनीले मात्र पाउने

Apr 08, 2019 Merolagani

शिवम् सिमेन्ट्स (SHIVM) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको १५.७९ प्रतिशत नगद लाभांश सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र पाउने भएका छन् ।

सञ्चालक समितिको बैठकले आगामी बैशाख ९ गते आह्वान गरेको तेस्रो वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत २६ गते एकदिन बुकक्लोज गर्ने निर्णय अनुसार चैत २५ गतेसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन्

कम्पनीकाे शेयर प्रतिकित्ता ३२० रूपैयाँमा काराेबार भएकाे छ।

साधारण सभामा के के छन् एजेण्डा ?

शिवम् सिमेन्ट्सको चैत १३ गते बसेको सञ्चालक समितिको ५६ औं बैठकले बैशाख ९ गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान ११ बजे तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ।

सभाले आर्थिक वर्ष २०७४।७५ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ४ अर्ब ४० करोड चुक्ता पूँजीको १५.७९ प्रतिशत अर्थात कर सहित ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरि उद्योगको क्षमता अभिवृद्धि गर्ने, उत्पादन विविधिकरण, चुनढुङ्गा तथा खानी तथा खनिज पदार्थको अनुमतिपत्रमा हक कायम गर्ने, थप क्षेत्रमा अन्वेषण गर्ने, जग्गा खरिद तथा वन कार्यालयलको नाममा सट्टा जग्गा उपलब्ध गराउनुपर्ने जग्गाको हक हस्तान्तरण गर्न सञ्चालकलाइ समतिलाई पूर्ण अख्तियारी दिने रहेको छ।

यस्तै समान उदेश्य भएका अन्य कम्पनी प्राप्ती गर्ने वा अन्य कम्पनीहरुको शेयर खरिद गरि उद्योग स्थापनाको कार्य गर्न तथा शेयरधनीको हितलाई ध्यानमा अन्य कुनै परियोजनामा लगानी गर्ने सम्बन्धि सम्पुर्ण काम गर्नसक्ने गरि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ।

यसका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट थप कर्जा लिनु परेको खण्डमा आवश्यकता अनुसार निर्णय गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालक चार वर्षे कार्यकालका लागि निर्वाचन गर्ने लगायतका छन्।

शिवम् सिमेन्ट्सले फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणमा प्रिमियम सहित प्रतिकित्ता ३०० र स्थानीयबासिका लागि प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले कूल ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियो। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।