कामना सेवा विकास बैंकले घोषणा गर्यो गत वर्षको लाभांश

Apr 09, 2019 Merolagani

कामना सेवा विकास बैंक (KSBBL)ले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको चैत्र २४ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

  बैंकले १.५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरी कूल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १.५० प्रतिशतले कायम हुन् आउने ३ करोड ७५ लाख ३९ हजार ८ सय ३२ रुैपैयाँ बराबरको बोनस शेयर र ८ प्रतिशतले हुन् आउने २० करोड २ लाख १२ हजार ४ सय ४१ रुपियाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावीत लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पूँजी २ अर्ब ५४ करोड हाराहारीमा पुग्नेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।