त्यसको लागि कार्यविधि कानुन सबै तयार भैसकको उनले जानकारी गराए। क्षेत्र ठाँउ विशेषबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम छिटै मुलुकव्यापी स्वरुपमा पुग्ने अर्थमन्त्री खतिवडाले बताए।
वार्षिक २५ सय रुपैयाँ भुक्तानी गरेर ५० हजार सम्मको निशुल्क स्वास्थ्य सुविधा पाउन सकिने व्यवस्था छ । यस्तै ७० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरीकहरुलाई सरकारले नै प्रिमियम भुक्तानी गरेर निशुल्क स्वास्थ्य बीमाको दिने व्यवस्था रहेको छ।
यस्तै निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसंख्याहरुको तथ्यांक एकिकृत गर्ने काम अन्तिम चरणमा पुगेको पनि जानकारी गराए। त्यस्ता परिवारका सदस्यहरुको पहिचान गरेर आधारभुत स्वास्थ्य सेवामा पहुँच पुर्याउन स्वास्थ्य बीमाको माध्यमवाट समेट्ने र त्यस्ता परिवारको सदस्यहरुको प्रिमियम सरकारले नै भुक्तानी गर्ने समेत मन्त्री खतिवडाले जानकारी गराए।
जेष्ठ नगारिकहरुलाई प्रदान गर्दै आइरहेको भत्ता सुविधा प्रभावकारी रहेको मन्त्री खतिवडाले दाबी गरे। उनले भने, ‘सरकारले सुरु गरेको जेष्ठ नागरिक भत्ताले धेरै आमाबुवाहरुले सामान्य आँखा उपचार गर्न तथा चस्मा लगाउन सक्नुभएको छ । त्यसलाई सरकारले राम्रोपक्षको रुपमा हेरेको छ।’
यस्तै बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दै आएकोमा बैंकहरुको प्रशंसा समेत गरे। बैंकहरुको सानो सहयोगले धेरै जनाले आँखा सम्बन्धि उपचार पाएको समेत उल्लेख गरे। समाजले अनुभुति गर्ने यस्ता किसिमको संस्थागत सामाजिक उत्तरदायित्वका काम गर्न व्यवसायिक संस्थाहरुलाई समेत मन्त्री खतिवडाले आग्रह गरे।
अस्पतालको वार्षिकउत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत महत्वपुर्ण योगदान पुर्याए वापत प्रभु बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, सेञ्चुरी कमर्सियल बैंक लगायतलाई सम्मानित गरिएको थियो।