लघुवित्तमा संस्थापकहरु तर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता भैसकेको छ भने आईपिओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ। कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ छ।
कम्पनीले निष्काशन गर्न लागेको आईपिओलाई इक्रा नेपालले ‘इक्राएनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ ।
सबैको लघुवित्तले आइपिओ बिक्रीका लागि एनआइबीएल एस क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
तनहुँको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले दोस्रो वार्षिक साधारण सभाबाट आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो।
वि.सं. २०७४ असार ३० गतेबाट आर्थिक कारोबार सुरु गरेको यस संस्थाले गत पुस मसान्तसम्म ३३ शाखाहरु मार्फत २४ करोड ६९ लाख निक्षेप ८८ करोड ३० लाख सापटीबाट एक अर्ब १४ करोड ४७ लाख कर्जा लगानी गरेको छ।
लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा कम्पनी ५२ लाख ५५ हजार नोक्सानीमा रहेको थियो।