शेयर बजारमा थपियो १६ लाख कित्ता बोनस

Apr 09, 2019 Merolagani

शेयर बजारमा तीन कम्पनीको कुल १६ लाख ३ हजार २७९ कित्ता बोनस शेयर थपिएको छ। आरएसडीसी लघुवित्त, रिडी हाइड्रोपावर र आरएमडीसी लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार उक्त्त बाेनस शेयर कारोबारका लागि सूचीकरण गराएका हुन्।

आरएसडीसी लघुवित्त (RSDC) को ५ लाख ७५ हजार ९२० कित्ता बोनस शेयर सूचीकरण भएको हो ।

लघुवित्तको गत पुस २९ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट गत आवको नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस अहिले सूचीकृत गरेको हो । लघुवित्त कम्पनीको उक्त बोनस साधारण सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिन पुस १४  गतेसम्म कायम रहेका शेयरधनीलाई मात्र वितरण गरिएकाे छ ।

यता, रिडी हाइड्रोपावर (RHPC) को ३ लाख ६३३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यसले असोज २० गते सम्पन्न सत्रौं वार्षिक साधारण सभा गरी ६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश पारित भएको थियो । 

हाइड्रोपावर कम्पनीको उक्त बोनस साधारण सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिन  असाेज ६ गतेसम्म कायम रहेका शेयरधनीलाई मात्र वितरण गरिएकाे छ ।

आरएमडीसी लघुवित्त (RMDC) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको ७ लाख २६ हजार ७२६ कित्ता बोनस मंगलबार नै सूचीकरण भएको छ।

लघुवित्तको पुस २७ गते सम्पन्न बिसौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश पारित भएको थियो। सोही बोनस अहिले सूचीकरण भएको हो। 

कम्पनीको उक्त बोनस साधारण सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिन पुस ३ गतेसम्म कायम रहेका शेयरधनीलाई मात्र वितरण गरिएकाे छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।