कामना सेवा विकास बैंक नेप्सेको कारबाहीमा,२४ घण्टे स्पष्टिकरण माग

Apr 09, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कामना सेवा विकास बैंक (KSBBL) को धितोपत्र सूचीकरण स्थगित गरेको छ । लाभांश प्रस्तावको सूचना ढीलो गरि नेप्सेलाई जानकारी गराए पछि बैंकको सूचीकरण स्थगित भएको हो ।

बैंकको चैत २४ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको भएपनि २ दिन पछि अर्थात २६ गते मात्रै नेप्सेमा जानकारी गराएको थियो ।

बैंकले ढिलो गरि नेप्सेलाई सूचना दिएपछि सूचीकरण स्थगित गरी २४ घण्टे स्पष्टिकरण माग गरिएको नेप्सेले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १.५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरी कूल ९.५० प्रतिशत लाभांश वितरण गर्ने गरेको थियो ।

सूचीकरण विनियमावली २०७५ बैंकले उल्लंघन गरेकोले के कति कारण सूचना प्रवाहमा ढीलाई भयो भनेर स्पष्टिकरण माग गरेको हो । धितोपत्रहरुको बजार मूल्ललाई प्रभाव पार्ने सूचनाहरु संचालक समितिले निर्णय गर्न साथ (कारोबार खुल्नु अघि) नेप्सेलाई सूचना उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।