माछापुच्छ्रे बैंकका ३ नयाँ शाखा सञ्चालनमा

Apr 09, 2019 Merolagani

माछापुच्छ्रे बैंकले टंकिसिनवारी, त्रिशुली र टिमुरे शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारी शाखा कार्यालय, नुवाकोटको विदुर नगरपालिका स्थित त्रिशुली शाखा कार्यालय र रसुवाको गोसाँईकुन्ड गाउँपालिका स्थित टिमुरे शाखा कार्यालयको औपचारिक सुरुवात गरेको बैंकले जनाएको छ । 

टंकिसिनवारी शाखाको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले गरेका थिए भने त्रिशुली शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले गरेका थिए । टिमुरे शाखाको उद्घाटन रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले गरेका हुन् ।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने बैंकको विज्ञप्तिमा उल्लेख छ । नयाँ शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था बैंकले गरेको छ ।

मुलुकभर ९९ वटा शाखाहरु र ७६ शाखा रहित बैकिङ्ग सेवा गरी १७५ स्थानवाट बैंकिंग सेवा दिईरहेको बैंकको १२१ वटा एटीएम सञ्चालनमा छन् ।

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।