हाथवे फाइनान्सको हकप्रद खारेज

Apr 09, 2019 Merolagani

हाथवे फाइनान्स (HATH) को चैत २६ गते मंगलबार सम्पन्न २२ औं वार्षिक साभारण सभाले २१ औं वार्षिक साधारणबाट पारित भएको चुक्ता पूँजीको १८० प्रतिशत हकप्रद शेयर निष्काशनको निर्णयलाई खारेज गरेको छ।

ग्लोबल आइएमई बैंकसँग एक्विजिशनमा जाने निर्णय गरी फाइनान्स र बैंकले सहमती पत्रमा हस्ताक्षर गरेपछि यसअघि २०७४ पुस २७ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट प्रस्ताव पारित उक्त हकप्रद प्रस्ताव मंगलबारको साधारण सभाबाट खारेज भएको हो।

साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को आर्थिक वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७५/०७६ को लागि बाह्य लेखापरीक्षकको नियुक्तीलाई अनुमोदन गरेको छ।

फाइनान्सको २१ औं वार्षिक साधारणबाट चुक्ता पूँजी ३० करोड रुपैयाँको १८० प्रतिशत बराबरको ५४ करोड रुपैयाँको हकप्रद जारी गर्ने निर्णय भएको थियो। समस्याग्रस्त अरुण फाइनान्सलाई सम्हान्न आएको हाथवे फाइनान्स व्यवस्थापनले ग्लोबल बैंकसँग प्राप्तीमा जाने भएपछि हकप्रद रद्ध गरिएको हो।

ग्लोबल आईएमई बैंकले एक्विजिशन गर्ने भएपछि फाइनान्सको शेयर कारोबार चैत १ गतेयता रोक्का रहेकाे छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।