कुमारी बैंकले एकैपटक डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा

Apr 10, 2019 Merolagani

कुमारी बैंक (KBL) ले आगामी बैशाख २६ गते बिहीबार एकैदिन सत्रौं र अठारौं वार्षिक साधारण सभा आह्वान गरेको छ। आर्थिक वर्ष २०७३/७४को पनि साधारण सभा गर्न बाँकी रहेको बैंकले २०७४/७५ को सहित एकैदिन सभा आह्वान गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बिहान १०:३० बजे डाकेको साधारण सभामा आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १२.७५ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ८.५० प्रतिशत गरि कूल २१.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव छ। 

यसैगरि बैंकको आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र दलाल सम्बन्धि कार्य गनै प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट २/२ जना गरि ४ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको केन्द्रीय कार्यालय टंगालमा रहने गरि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका मुख्य एजेण्डा रहेका छन् ।

बैंकले साधारण सभा प्रयोजनका लागि बैशाख ६ गते शुक्रबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। यसअनुसार बैशाख ५ गते बिहीबारसम्म कायम रहने बैंकका शेयरधनीले बैंकको दुई आर्थिक वर्षको बोनस पाउनेछन् । एक अर्ब ५२ कराेड २१ लाख ७८ हजार १३९ रूपैयाँ बाेनस वितरण पश्चात बैंककाे चुक्त्ता पूँजी ८ अर्ब ६८ कराेड ४५ लाख ७३ हजार ११९ रूपैयाँ पुग्नेछ ।

बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली र काक्रेविहार विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ती गरेको कारण बोनसमा कर नलाग्ने भएकाले नगद लाभांश प्रस्ताव नगरेको जनाएको छ । बैंकले २०७४ असार १६ गतेदेखि चारवटै संस्थालाई प्राप्ती गरि एकीकृत कारोबार थालेको थियो ।

comments powered by Disqus

लुम्बिनी विकास बैंकको खुद नाफामा आकर्षक बढोत्तरी

Apr 24, 2019

- प्रतिशेयर आम्दानीमा करिब १० रुपैयाँको सुधार।
लुम्बिनी विकास बैंक (LBBL) ले व्यवसाय विस्तारलाई तिब्रता दिँदा खुद नाफामा उच्च बढोत्तरी भएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको तेस्रो त्रैमासको तुलनामा ८६.२६ प्रतिशतले खुद नाफा बढेको हो।