मिथिला लघुवित्तको २१ हजार ४६२ कित्ता शेयर लिलामीमा आउने

Apr 10, 2019 Merolagani

मिथिला लघुवित्त वित्तीय संस्था (MLBBL) ले २१ हजार ४६२ दशमलव ६९ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ। कम्पनीले जारी गरेको ५० प्रतिशत हकप्रदमा सो परिमाणमा हकप्रद बिक्री नभएपश्चात लिलाम बढाबढमा आउने भएको हो।

लघुवित्तले गत माघ १७ गतेदेखि फागुन २९ गतेसम्म जारी गरेको कूल तीन लाख २९ हजार ८८९ दशमलव ६९ कित्ता हकप्रद हकप्रद चैत २५ गते बाँडफाँड गरेको बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ।

सो हकप्रदमा रितिपूर्वक आवेदन दिने शेयरधनीलाई तीन लाख ८ हजार ४२७ कित्ता शेयर बाँडफाँड गरिएको हो।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १०.४५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हकप्रद र बोनस पश्चात लघुवित्त कम्पनीको चुक्ता पूँजी १० करोड ५९ लाख रुपैयाँ पुग्नेछ।

लघुवित्तको शेयर बुधबार धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता ४८५ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।