नेपाल एग्रो र गणपति माइक्रोफाइनान्सले बैशाख दोस्रो सातादेखि आईपिओ निष्काशन गर्ने

Apr 11, 2019 Merolagani

पोखरामा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त र तनहुँमा केन्द्रीय कार्यालय रहेको गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले बैशाख दोस्रो सातादेखि सर्वसाधारणमा सार्वजनिक निष्काशन (आईपिओ) जारी गर्ने भएका छन् ।

नेपाल एग्रो लघुवित्त (NALBSL) ले बैशाख ८ गते तथा गणपतिले ९ गतेदेखि साधारण शेयर शेयर जारी गर्न बिहीबार आह्वानपत्र प्रकाशित गरेका छन्।

नेपाल एग्रो लघुवित्तले बैशाख ८ गते आइतबारदेखि एक सय रुपैयाँ अंकित दरमा एक करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको एक लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गर्ने भएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीले जारी पूँजी ४ करोड ९७ लाख रुपैयाँ बराबरको ३२.५० प्रतिशत बराबरको पूँजी सर्वसाधारणबाट संकलन गर्न लागेको हो।

कम्पनीले निष्काशन गर्ने कुल एक लाख ६१ हजार ७७८ कित्ता शेयरमध्ये दुई हजार ४८९ कित्ता कर्मचारी र आठ हजार ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ । एक लाख ५१ हजार २०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तले निष्काशन गर्ने आईपिओमा मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट बैशाख ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। आईपिओमा न्यूनतम १० देखि ८०० कित्तासम्म माग गर्न सकिनेछ।

नेपाल एग्रो लघुवित्तलाई आईपिओ निष्काशन गर्ने धितोपत्र बोर्डले चैत १८ गते अनुमति दिएको थियो।

यसैगरि गणपति माइक्रोफाइनान्स (Ganapati) ले बैशाख ९ गते सोमबारदेखि ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो।

माइक्रोफाइनान्सले एनआईबिएल एस क्यापिटल मार्फत जारी पूँजीको ३२.३७ प्रतिशत पूँजी सर्वसाधारणबाट संकलन गर्न लागेको हो। बाँकी ६७.६३ प्रतिशत पूँजी भने लघुवित्तको संस्थापक शेयरधनीहरुको तर्फबाट चुक्ता भैसकेको छ।

कम्पनीले निष्काशन गर्ने कुल तीन लाख ३५ हजार कित्ता शेयरमध्ये पाँच हजार १७५ कित्ता कर्मचारीहरु र १६ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ। तीन लाख १३ हजार ७५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तले निष्काशन गर्ने आईपिओमा मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट बैशाख १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। आईपिओमा न्यूनतम १० देखि एक हजार ५०० कित्तासम्म माग गर्न सकिनेछ।

माइक्रोफाइनान्सको आईपिओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर नेपाललले 'केयर एनपि आईपिओ ग्रेड ४' प्रदान गरेको छ । यसले लघुवित्तको स्तर औसतभन्दा तल आधार रहेको बुझाउँछ। ग्रेड १ ले सबैभन्दा बलियो जनाउँछ भने सोभन्दा मुनिको अंकले क्रमश कम आधार बुझाउँछ ।

हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको आईपिओ निष्काशन पश्चात १० करोड २५ लाख रुपैयाँ पुग्नेछ।

नेपाल धितोपत्र बोर्डले गणपतिलाई चैत ७ गते आईपिओ निष्काशन गर्न अनुमति दिएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।