चैत २६ गते मंगलबारसम्म कुनै जानकारी नदिएको श्रीराम सुगर मिल्सले अन्तिम समयमा आएर साधारण सभा किन स्थगित गर्नुपरेको हो बताएको छैन ।
सूचनामा कम्पनीले विशेष कारण बस साधारण सभा स्थगित गर्नुपरेको मात्रै उल्लेख गरेको छ। मेरोलगानीले साधारण सभा स्थगित गर्नुपर्ने कारण बुझ्न खोज्दा कम्पनीको कुनैपनि प्रतिनिधिसँग सम्पर्क हुन सकेन।
यसअघि कम्पनीको चैत ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले चैत २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे २४ औं वार्षिक साधारण सभा आह्वान गरेको थियो। सभामा एक जना संस्थापक सञ्चालक चयन, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण तथा आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान सहितको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने एजेण्डा रहेको थियो ।
कम्पनीले उक्त स्थगित साधारण सभाको सम्बन्धमा अर्को मिति, समय, स्थान तय गरि प्रकाशित गरिने जनाएको छ । कम्पनीको नेप्सेमा चैत ५ गते अन्तिम पटक शेयर कारोबार भएको थियो।