राष्ट्र बैंकले बिहीबार १५ अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीमा पठाउने

Apr 11, 2019 Merolagani

नेपाल राष्ट्र बैंकले चैत्र २८ गते बिहीबार १५ अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीमा पठाउने भएको छ। राष्ट्र बैंकले तेस्रो त्रैमासिक अन्त्यमा बैंकिङ प्रणालीबाट ठूलो रकम बाहिरिने भएकाले तरलता असहज नहोस भनेर एकै पटक १५ अर्ब रुपैयाँको रिपो जारी गरेको हो।

चैत मसान्तमा बैंकिङ प्रणालीबाट कर तथा राजश्व बुझाउन ठूलो रकम सरकारी खातामा जाने भएपछि केन्द्रीय बैंकले एक हप्ता अवधिको रिपो जारी गरेको हो। रिपोका लागि ५ प्रतिशतभन्दा माथि ब्याज तय गरिएको छ। रिपो बैशाख ५ गते परिपक्व हुने छ ।

सरकारले करको दोस्रो किस्ता चैतमा संकलन गर्छ। कर भुक्तानीका कारण बैंकिङ्ग प्रणालीमा तरलताको समस्या नदेखियोस भनेर रकम पठाउन लागेको राष्ट्र बैंकले जनाएको छ। हाल वित्तीय प्रणालीमा ३० अर्ब बढीको तरलता रहेको राष्ट्र बैंकको भनाई छ। 

यता तेस्रो त्रैमासिक प्रतिवेदनमा कर्जा निक्षेप अनुपात तोकिएको सीमाभित्र राख्न बैंकहरुबीच अन्तर बैंक कारोबार बढेको र जसलाई सीमामा ल्याउन पनि रिपो जारी गरेको हो । अहिले बैंकहरुले झण्डै ६ प्रतिशतको हाराहारीमा अन्तर बैंक कारोबार गरिरहेका छन्।

राष्ट्र बैंकले बजारमा पैसा अभाव हुँदा रिपो मार्फत बजारमा पैसा पठाउने र बढी भएमा रिभर्स रिपो मार्फत बैंकिङ्ग प्रणालीबाट रकम खिच्ने गर्छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।