एभरेष्ट इन्स्योरेन्सको तीन सय प्रतिशत हकप्रदलाई धितोपत्र बोर्डको स्वीकृति

Apr 11, 2019 Merolagani

एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्ड सञ्चालक समितिको बैठकले एभरेष्ट इन्स्योरेन्सलाई प्रति १ कित्ता बराबर ३ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिने निर्णय गरेको हो ।

सर्वसाधारण र संस्थापकको अनुपात मिलाउन यस अघि १०५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको एभरेष्टले अब ३०० प्रतिशत हकप्रद बेच्नेछ । योसँगै एभरेष्टको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार हुनेछ ।

अहिले २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैंया चुक्ता पूँजी रहेको एभरेष्टले ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैंयाको हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद बिक्री पश्चात एभरेष्टको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैंया पुग्नेछ ।

एभरेष्टको हकप्रद शेयर निष्काशनको सबै काम सिद्धार्थ क्यापिटलले गरिरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।