ब्रेजिक्टको समय लम्बियो, बेलायतले पायो निर्णय बदल्ने प्रस्ताव

Apr 11, 2019 Merolagani

बेलायत र यूरोपियन यूनियनका बीच ब्रेजिक्टको तारिख बढाएर ३१ अक्टोबरमा पुर्याउने सहमति भएको छ । बेलायती प्रधानमन्त्री थेरेसा मे र यूरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कका बीच ५ घण्टासम्म चलेको बैठकमा उ्रक्त निर्णय भएको हो ।

बैठकपछि टस्कले बेलायतले चाहेको खण्डमा यूरोपियन यूनियनबाट बाहिर निस्कनसक्ने निर्णय विचार गर्ने सक्ने वा त्यसलाई निरन्तरता दिनसक्ने बताएका छन् ।

योभन्दा पहिले ब्रेजिक्टका लागि ३१ मार्चको तारिख तय गरिएको थियो । तर बेलायती संसदले यूरोपबाट बाहिर हुने सरकारको शर्तलाई अस्वीकार गरिदिएको थियो । त्यसपछि उक्त तारिखलाई १२ अप्रिलसम्मका लागि बढाइएको थियो ।

नयाँ सम्झौताका अनुसार, बेलायतलाई तय गरिएको तारिखका लागि फ्लेक्जिबल एक्सटेन्शन प्राप्त भएको छ । यसको मतलब ३१ अक्टोबरसम्म बेलायत आफूले चाहेको समयमा ईयूबाट बाहिर निस्कने सक्नेछ ।

योभन्दा पहिले थेरेसा मे ले ब्रेजिक्टको तारिख ३० जून सम्म बढाउन चाहेको बताएकी थिईन् । उनले भनेकी थिईन्, यदि संसदले उनको ईयूबाट बाहिरीने शर्तलाई अनुमति दिन्छ भने तोकिएको समयभन्दा पहिले नै बाहिर निस्कने प्रक्रिया सुरु गर्न सकिनेछ । एजेन्सी

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।