चार कम्पनीको २ करोड ४४ लाख कित्ता बोनस सूचीकृत

Apr 11, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीले बुधबार गत आर्थिक वर्षको नाफाबाट वितरण गरेका बोनस शेयर कारोबारका लागि सूचीकृत गराएका छन्। चार कम्पनीले कूल २ करोड ४४ लाख ६९ हजार ९०१ दशमलव ३३ कित्ता बोनस शेयर सूचीकरण गराएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार बुधबार हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी, ग्लोबल आइएमई बैंक, कन्काई विकास बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सले बोनस सूचीकरण गराएका हुन्।

नेप्सेका अनुसार ग्लोबल आइएमई बैंक (GBIME) को सबैभन्दा धेरै एक करोड ४२ लाख २१ हजार ४०१ दशमलव ३३ कित्ता बोनस शेयर सूचीकरण भएको छ। ग्लोबलको गत पुस २७ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकको उक्त लाभांश पुस १२ गतेसम्म कायम शेयरधनीलाई मात्र वितरण गरिएको छ ।

यसैगरि हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी (HIDCL) को एक करोड कित्ता बोनस शेयर सूचीकृत भएको हो। गत पुस ३० गते सम्पन्न सातौं वार्षक साधारण सभाबाट १० प्रतिशत बोनस र बोनसको लागि कर प्रयोजनका लागि २ करोड १० लाख ५२ हजार रुपैयाँ नगद लाभांश पारित भएको थियो। उक्त बोनस पुस १६ गतेसम्म कायम शेयरधनीलाई वितरण भएको हो।

बुधबार नै कन्काई विकास बैंक (KNBL) को एक लाख ५० हजार कित्ता बोनस कारोबारका लागि थपिएको छ । बैंकको मंसिर १० गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले ३ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । १२ औं वार्षिक साधारण सभाले पारित गरेको ६.५० प्रतिशत नगद लाभांश र उक्त बोनस कात्तिक २७ गतेसम्म कायम रहेका शेयरधनीले पाउनेछन्।

श्री इन्भेष्टमेन्ट फाइनान्स (SIFC) ले पनि गत पुस २ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको १.२३ प्रतिशतले हुन आउने बोनस सूचीकरण गराएको छ। नेप्सका अनुसार फाइनान्सको ९८ हजार ५०० कित्ता बोनस सूचीकरण भएको हो।
२४ औं वार्षिक साधारण सभाले बोनसको साथै ८.७७ प्रतिशत नगद लाभांश पनि पारित गरेको थियो। फाइनान्सको उक्त लाभांश मंसिर १३ गतेसम्म कायम शेयरधनीलाई मात्र वितरण गरिएको छ।

बुधबार सूचीकरण भएको चारवटै कम्पनीहरुको उक्त बोनस साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिनसम्म कायम सम्बन्धित कम्पनीको शेयरधनीहरुले डिम्याट खातामा प्राप्त हुनासाथ खरिद बिक्री गर्न सक्नेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।