प्रभु बैंकको ५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

Apr 11, 2019 Merolagani

प्रभु बैंक लिमिटेड (PRVU) ले सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवासञ्चालनमा ल्याएको छ।

बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं.२ स्थित मार्फा, बाह्रगाउँमुक्तिक्षेत्र गाउँपालिका वडा नं.४ स्थितकागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुकुचे तथा वडा नं. ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नंं. ३ स्थित दाना गरी ५ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो।

यी पाँचवटै शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गर्दा स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्घिजीवी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति थियो ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको थप ५ वटा शाखा रहित बैंकिङ्ग सेवाबाट मुस्ताङ्ग र म्याग्दी जिल्लास्थित सम्बन्धित क्षेत्रका स्थानीय वासिन्दाहरुलाई खाता खोल्ने तथा आफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्ने लगायतको बैंकिङ्ग सेवा उपलब्ध हुनेछ।

बैंकले सञ्चालनमा ल्याएको विस्तारित बैंकिङ्ग सेवाबाट सम्बन्धित क्षेत्रका सर्वसाधारणहरु बैंकिङ्ग पहुँचभित्र आई आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।


comments powered by Disqus

जनक शर्मा पौड्यालले साउन ९ गतेदेखि सनराइज बैंकको सीइओ पद सम्हाल्ने

Jul 15, 2019 06:36 PM

जनक शर्मा पौड्याले यहि साउन ९ गतेदेखि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पद सम्हाल्ने भएका छन्।