भेनेजुएलामा ३४ दिनदेखि ब्ल्याकआउट, अर्थव्यवस्थामा दैनिक २२ अर्ब ४० करोड नोक्सान

Apr 11, 2019 Merolagani

विश्वको धनी देशमध्येको ल्याटिन अमेरिकी देश भेनेजुएलाले हाल एउटा ठूलो राजनीतिक संकटको सामना गरिरहेको छ । त्यहाँ सामान यति धेरै महंगो भइसकेको छ कि, मानिसहरु भोकै बस्न बाध्य भइरहेका छन् ।

त्यहाँको अर्थव्यवस्थामा दैनिक २२ अर्ब ४० करोड रुपैयाँ बराबरको नोक्सान भइरहेको बताइएको छ ।

सामानको मूल्य यति धेरै बढेको छ कि, मानिसहरुले पानीसम्म पनि किन्न सकिरहेका छैनन । त्यहाँ ५ लिटर पानीलाई पनि २२४ रुपैयाँ पर्न जान्छ । एक लिटर दुधको मूल्य ८ हजार रुपैयाँ बराबर पुगेको छ । यद्यपी केही समय पहिले त्यहाँ पेट्रोल निःशुल्क रहेकोमा अचानक पेट्रोलको मूल्य पनि १ डलर पुर्याइएको छ ।

उक्त राजनीतिक संकटका कारण त्यहाँका मानिसहरु एकदमै खराब स्थितिमा बाच्न बाध्य भएका छन् । ३ करोड २० लाख मानिसहरु विजुली र पानी बिना नै बस्नका लागि बाध्य भएका छन् । जसका कारण त्यहाँ खानाको उच्च संकट रहेको छ । विगत ३४ दिनमा ५ पटक ब्ल्याकआउट भइसकेको छ ।

अध्यापक र नर्सको रुपमा काम गर्दै आइरहेका महिलाहरु आज देहव्यापारको काम गर्नका लागि बाध्य भएको बताइएको छ । देशको अस्पतालको अवस्था कुनै डरलाग्दो सपनाभन्दा कम छैन । खबरका अनुसार, ८० दिनमा भोकमरी र उपचारको अभावका कारण ४५ जना मानिसहरुको ज्यान गइसकेको छ ।

भेनेजुएलाको यस्तो अवस्थाको जिम्मेवार त्यहाँका दुई नेताबीचको टकरावलाई मानिएको छ । हाल यहाँ निकोलस मादुरोको सरकार रहेको छ । उनी सन् २०१३ देखि राष्ट्रपतिको पदमा रहेका छन् ।

गत वर्ष भएको चुनावमा पनि मादुरोले नै जित हासिल गरेका थिए । तर मादुरोले चुनाव जितेपछि विपक्षी पार्टीका नेता जुआन गुइगोले उनीमाथि चुनावमा गडबडको आरोप लगाए । गुइदोले एक विरोध प्रदर्शनका क्रममा आफूलाई राष्ट्रपति नै घोषित गरिदिए ।

उता अमेरिकाले पनि गुइदालाई साथ दियो । अमेरिकाले सेनालाई पनि गुइदोलाई नै साथ दिनका लागि अपिल गर्याे ।

११ महिनादेखि ती दुई नेताका बीच राजनीतिक टकराव चलिरहेको छ । सरकारले गुइदोमाथि १५ वर्षको प्रतिबन्ध लगाएको छ । दुई नेता बीचको टकरावले त्यहाँ जनताहरु मारमा परेका छन् । एजेन्सी

comments powered by Disqus

बजारमा उछाल आउँदा आईपिओकै मूल्यमा शेयर, ६८ कम्पनीको २०० भन्दा तल

Apr 24, 2019

पछिल्ला दिनहरुमा शेयर बजार परिसुचक नेप्सेमा उछाल आइरहेको छ । निरन्तर बढेर सोमबार सामान्य करेक्सन देखिएको बजार त्यस पछिका दिनमा पनि बढिरहेको छ । बजार निरन्तर बढ्दै गर्दा ६८ कम्पनीहरुको शेयर मूल्य २०० रुपैंयाभन्दा तल छ । ...