लक्ष्मी बैंक अन्तर्गतको लक्ष्मी केयर्सद्वारा ११ औं माउन्टेन बाइकल र्याली पोखरामा सम्पन्न

Apr 11, 2019 Merolagani

लक्ष्मी बैंक कर्मचारीहरुद्वारा सञ्चालीत लक्ष्मी केयर्स नामक गैरसरकारी संस्थाले उज्यालो अभियानअन्तर्गत “गो ग्रिन” अभियानलाई प्रवद्धन गर्ने उद्देश्यले पोखरामा १३ किलोमिटर साइकल र्याली आयोजना गरेको छ ।

पोखरा औद्योगिक क्षेत्रबाट प्रारभ्भ भई वाटरफ्रन्ट रिसोर्टसम्मको आयोजना गरिएको यस साइकल ¥यालिमा २०० भन्दा बढी प्रतियोगी रहेका प्रायोजकका लक्ष्मी बैंकले जनाएको छ । 

नेपाल पर्यटन वोर्डको “भिजिट नेपाल २०२० लाई समेत प्रवद्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमको सहयोगी संस्थाका रुपमा जेन्टस् पार्क, टेरा मोटर्स, यति एयरलाइन्स, डाबर नेपाल तथा सिवेक हस्पिटल रहेका थिए ।
साइकल यात्रा मुक्ति एण्ड रिभाइबलको लाइभ कन्सर्ट एवं साइकल स्टन्ट, स्थानीय झाँकी तथा अन्य थुप्रै आकर्षक कार्यक्रमहरुका साथ सम्पन्न भएको थियो ।

यो वार्षिक कार्यक्रमले जनचेतना जागरण गर्दै उज्यालो अभियानका लागि आवश्यक रकमको जोहो गर्दैे नेपालका विभिन्न ऐतिहासिक, वास्तुकला एवं पुरातात्विक स्थल एवं च्यारिटिसँग सम्बन्धित संघ संस्थाहरुमा सहयोग गर्दै आएको छ ।

गत वर्षहरुमा उज्यालो अभियानले बागमतीपुल, पाटन दरबार स्क्वायर तथाभद्रकाली–सिंहदरबार क्षेत्र, गढीमाई मन्दिर–वारा, चण्डेश्वरी मन्दिर बनेपा आदि क्षेत्रमा सोलार लाइट जडान गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।