हिमालय ऊर्जाको आईपिओ बाँडफाँड मिति तोकियो, लगानीकर्ताले कति पाउलान् ?

Apr 12, 2019 Merolagani

हिमालय ऊर्जा विकास कम्पनी (HUBCL) को साधारण शेयर (आइपिओ) वैशाख ३ गते बाँडफाँड हुने भएको छ। कम्पनीका प्रबन्धक प्रकाश दुलालले दिउँसो १ बजे आईपिओ बाँडफाँड हुने मेरोलगानीलाई बताए ।

कम्पनीले चैत २० देखि २५ गतेसम्म १३ लाख ६६ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो। जसमा ५१ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको ५१ लाख ५९ हजार ८२० कित्ता शेयरको आवेदन परेको छ । यो मागको तुलनामा ३.७८ गुणा बढी हो । 

अहिले बजारमा आएका जलविद्युत कम्पनीको शेयरमध्ये प्रतिमेगावाट लागत कम भएका कारण हिमालय ऊर्जाको आईपिओमा लगानीकर्ताहरुको उत्साहजनक सहभागीता भएको कम्पनीका प्रबन्धक दुलालले बताए ।

कम्पनीको आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड हुनेछ। आईपिओमा ७२ हजार ३७६ वटा आवेदन परेको छ ।

यसअनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले समानुपातिक रुपमा बाँडफाँड गर्दा लगानीकर्ताले अधिकांश आवेदकले २० कित्ता शेयर प्राप्त गर्ने देखिन्छ । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाइएको सबै शेयर खरिद नगरेको खण्डमा भने केही आवेदकले गोलाप्रथाबाट अधिकतम ३० कित्ता शेयर प्राप्त गर्नसक्ने देखिन्छ।

कम्पनीले कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको मध्ये कर्मचारीहरुलाई ३ प्रतिशत अर्थात ४४ हजार ५५० कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ७४ हजार २५० कित्ता छुट्टाइएको छ । बाँकी १३ लाख ६६ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति– आई आई गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ।

विवरण पत्रमा उल्लेख भए अनुसार १९ मेगावाट निर्माण गर्नको लागि लागत करिव ३ अर्ब १५ करोड रहेको छ। यसरी हेर्दा प्रति मेगावाट लागत करिब १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।