सिभिल क्यापिटल मार्केटले तीन करोड ७५ लाख रुपैयाँको आईपिओ जारी गर्ने

Apr 12, 2019 Merolagani

सिभिल क्यापिटल मार्केट (CIVIL) ले तीन करोड ७५ लाख रुपैयाँको आईपिओ जारी गर्ने निर्णय गरेको छ। चैत २८ गते बिहीबार सम्पन्न विशेष साधारण सभाले सो निर्णय गरेको हो। यससँगै सिभिल क्यापिटल दोस्रो आईपिओ जारी गर्ने मर्चेन्ट बैंक बन्ने भएको छ।

बिहीबार सम्पन्न विशेष साधारण सभाले कम्पनीले जारी पूँजी २० करोडबाट २५ करोड रुपैयाँमा वृद्धि गरि जारी पूँजीको १५ प्रतिशत साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने प्रस्ताव पारित गरेको सिभिल क्यापिटल मार्केटको कामु सीईओ सुशील महर्जनले बताए।

साथै विशेष साधारण सभाले हाल क्यापिटलको संस्थापकहरुमा चुक्ता भई कायम रहेको १७ करोड रुपैयाँ चुक्ता पूँजीको २५ प्रतिशतका हकप्रद शेयर जारी गरी २१ करोड २५ लाख पुर्याउने निर्याय गरेको छ।

जारी पूँजी वृद्धि र हकप्रद निष्काशन पश्चात कम्पनीको जारी पूँजी र चुक्ता पूँजी र वृद्धि हुने भएकाले कम्पनीमा हाल कायम रहेको प्रबन्धपत्रमा रहेकोे साविक व्यवस्थालाई संशोधन गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पारित भएको छ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संसोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संसोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन आएमा सो को पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ।

यसअघि सिबिआईएल क्यापिटलले साधारण सभाबाट ३ करोड रुपैयाँको साधारण शेयर निष्काशनका गर्ने प्रस्ताव पारित गरि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। सो आईपिओलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपाल रेटिङ्ग ४ प्रदान गरेको छ। सिबिआईएलको साधारण शेयर निष्काशनको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्नेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।