एलआईसि नेपालको ‘धनवृष्टि’ बीमा योजना सार्वजनिक, ७५ लाख सम्मको दुर्घटना लाभ पाउने

Apr 12, 2019 Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन (LICN)  नेपालले ‘धनवृष्टि’ नामक जीवन बीमा योजना सार्वजानिक गरेको छ । इन्स्योरेन्सले विहीबार एक कार्यक्रम आयोजना गरी ७५ लाख रुपैयाँ सम्मको दुर्घटना लाभ सहित हरेक ३ वर्षमा रकम फिर्ता पाउने बीमा योजना सार्वजनिक गरेको हो ।

विहीबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले योजनाको औपचारिक शुभारम्भ गरेका हुन् ।

धनवृष्टि जीवन बीमा योजनामा १३ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम एक लाख रुपैयाँ कायम गरिएको छ भने अधिकत्तम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ ।

यस योजनामा बीमा अवधि १० वा १५ बर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३ प्रतिशत रकम फिर्ता हुन्छ । यस्तै १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५ प्रतिशत रकम फिर्ता हुँदै जान्छ ।

बीमा परिपक्वतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिन्छ । यदि बीमा अवधिमा बीमितको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम कट्टा नगरी पुरै बीमाङ्क रकमको साथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिने नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तियारले जानकारी गराए । यस्तै योजनामा अधिकतम ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभ समेत उपलब्ध हुने उनको भनाई छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी. दासले विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायिहरु जसले जीवन बीमाको साथै आफ्नो रकमको तरलता चाहनेहरुको लागि उपयुक्त हुने बताए । बीमितले तीन÷तीन वर्षमा नै आफुले लगानी गरेको बीमाशुल्कको ठुलो हिस्सा फिर्ता प्राप्त गर्ने हुँदा आफ्नो लगानी रकम आफैसँगै रहने उनको भनाई छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।