२० करोड प्रयोगकर्ताको डाटा लीक मामलामा याहूले ११ करोड ७५ लाख डलर तिर्ने

Apr 12, 2019 Merolagani

करिब २० करोड प्रयोगकर्ताहरुको संवेदनशील जानकारी लीक भएको मामलामा सोशल मिडिया कम्पनी याहूले ११ करोड ७५ लाख डलर तिर्नका लागि प्रस्ताव गरेको छ ।

याहूले आफूले गरेको सम्झौता अनुरुप उक्त रकम तिर्नका लागि आफू तयार रहेको भन्दै प्रयोगकर्ताहरु समक्ष प्रस्ताव गरेको हो ।

याहूले पीडित प्रयोगकर्ताहरुका साथ यस मामलाको समाधानका लागि कानुनी सम्झौता अनुरुप उनीहरुलाई २ वर्षसम्म निःशुल्क क्रेडिट कार्ड मनिटरिङ सेवा उपलब्ध गराउनुका साथै अन्य छुट दिनका लागि पनि प्रस्ताव गरेको हो । याहूले गरेको यस्तै पूरै प्रस्तावको मूल्य ११ करोड ७५ लाख डलर बराबर रहेको बताइएको छ ।

योभन्दा पहिले पनि याहूले गत वर्ष अक्टोबरमा पीडितका साथ सम्झौता गरेको थियो तर क्यालिफोर्नियाको सान जोसे सहरको जिल्ला अदालतले त्यसलाई खारेज गरिदिएसँगै उक्त सम्झौता बीचमा नै रोकिएको थियो । उक्त सम्झौतामा पीडितलाई करिब ५ करोड डलरको क्षतिप्रर्ति दिनुपर्ने थियो । अब त्यहीँ सम्झौतालाई याहूले केही बदलावका साथ पेश गरेको छ ।

खबरका अनुसार, उक्त रकम याहूको हालको स्वामित्व अधिकार राख्ने कम्पनी भेरिजोन र अल्ताबले दिनेछ । यद्यपी उक्त सम्झौतालाई स्वीकृती मिल्न भने बाँकी नै रहेको छ ।

सन् २०१३ देखि २०१४ को बीचमा याहू प्रयोगकर्ताहरुको करिब ३ अर्ब प्रयोगकर्ताहरुको डाटा लीक भएको खबर सार्वजनिक भएको थियो । यसलाई हालसम्मको सबैभन्दा ठूलो डाटा लीकको मामला मानिदै आएको थियो । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।