जेट एयरवेजको सबै अन्तर्राष्ट्रिय उडान रद्ध

Apr 12, 2019 Merolagani

भारतको निजी विमान कम्पनी जेट एयरवेजले सबै अन्तर्राष्ट्रिय उडानहरु रद्द गरेको छ । जेट एयरवेज केही समयदेखि ठूलो आर्थिक संकटमा फसेको छ । एयरलायन्सले विमान रद्द गर्नुको कारण सञ्चालन समस्या भएको बताएको छ ।

यसका साथै १० अन्य विमानलाई आर्थिक समस्या देखाउदै हालका लागि सेवाबाट हाटाइएको छ । यसरी जेटले हालसम्म ७९ विमानलाई सेवाबाट हटाइसकेको छ ।

जेट एयरवेज भारतको सबैभन्दा पुरानो निजी एयरलाइन्समध्ये एक हो ।

जेटलाई ऋण प्रवाह गरेका बैंकहरुको तर्फबाट एसबीआई क्यापिटलले जेट एयरवेजको ३१ देखि ७५ प्रतिशतम्म शेयर बेच्नका लागि लिलाम बढाबढको माग गरेको छ । एसबीआई क्यापिटलले ८ अप्रिलबाट लिलाम बढाबढको प्रक्रिया सुरु गरेको थियो । फेरी त्यसको समयावधि बढाएर १२ अप्रिल पुर्याइएको छ ।बैंकका अनुसार लिलामीका लागि अन्तिम म्याद ३० अप्रिलसम्म तोकिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार, जेट एयरकै पूर्वअध्यक्ष नरेश गोयलले शेयर खरिद गर्ने चर्चा छ । नेरश गोयल र उनकी पत्नी अनिताले गत २५ मार्चमा जेट एयरवेजको बोर्डबाट राजीनामा दिएका थिए । उनीहरुले जेट एयरवेजमा आफ्नो हिस्सा पनि घटाएका थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार हाल यो एयरलाइन्स ११० करोड डलर घाटामा रहेको छ । यदि जेट एयरवेज बन्द भयो भने २३ हजारको नोकरी जोखिममा पर्ने आँकलन गरिएको छ ।

२०१२ मा आइपुग्दा भारतकै सबैभन्दा ठूलो निजी विमान कम्पनी बनेको थियो । तर सन २०१८ देखि यो आर्थिक संकटमा परेको छ । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।