प्रत्येक नेपालीको टाउकोमा ३१ हजार ७ सय ऋण, एक वर्षमा ७ हजार थपियो

Apr 12, 2019 Merolagani

प्रत्येक नेपालीको टाउको ३१ हजार ७ सय ५० रुपैँया ऋण पुगेको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार एक वर्षको अवधिमा प्रत्येक नेपालीको टाउकोमा ७ हजार ४३ रुपैँया ऋण थपिएको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनका अनुसार २०७४ सालमा २४ हजार ७ सय ७ रुपैँया प्रतिव्यक्ति ऋण २०७५ सालमा बढेर ३१ हजार ७ सय पुगेको हो ।

महालेखाका अनुसार ७४र७५ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ९ खर्ब १५ अर्ब ३१ करोड रहेको छ ।

जसमध्ये आन्तरिक ऋण ३ खर्ब ९१ ऋर्ब १६ करोड र वैदेशिक ऋण ५ खर्ब २४ अर्ब १५ करोड रहेको छ । ऋण दायित्व गतबर्षको तुलनामा ३१.१९ प्रतिशत अर्थात २ खर्ब १७ अर्ब ६२ करोडले वृद्धि भएको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।