नब्बे प्रतिशत सरकारी शेयर लगानी बालुवामा पानी !

Apr 12, 2019 Merolagani

सरकारले शेयर लगानी गरेका ९० प्रतिशत कम्पनीको प्रतिशत शुन्य देखिएको छ । नेपाल सरकारको शेयर लगानी रहेका ९७ कम्पनीले प्रतिफल बितरण गर्न नसकेको महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनले देखाएको छ । 

महालेखाले शुक्रबार सार्वजनिक गरेको ५६ औं बार्षिक प्रतिवेदनमा प्रतिफल वितरण नगर्ने संस्थाहरुको सञ्चालन ब्यवस्थापनमा दक्षता ल्याउन सरकारलाई सुझाएको छ ।

महालेखाको प्रतिवेदन अनुसार सरकारले गतबर्षसम्म १०८ संस्थामा दुई खर्ब २६ अर्ब ७८ करोड शेयर लगानी गरेको देखिन्छ ।

 

सरकारको शेयर लगानी रहेका ती संस्थाहरु मध्येबाट ९७ संस्थाले यो बर्ष कुनै प्रतिफल दिन सकेनन् । यी ९७ संस्थामा सरकारको एक खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ बराबरको लगानी रहेको छ ।

सरकारको शेयर लगानी रहेका १३ वटा कम्पनीले भने लगानीको प्रतिफल दिएका छन् । सरकारले यी संस्थाबाट यो बर्ष १७ अर्ब ४२ करोड ९० लाख रुपैयाँ प्रतिफल प्राप्त गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार नागरिक लगानी कोषबाट १ करोड ५७ लाख रुपैयाँको बोनस शेयर तथा नेपाल टेलिकम, नेपाल राष्ट्र बैङ्क, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतबाट उक्त प्रतिफल पाएको हो ।

प्रतिफल वितरण नगर्ने संस्थाहरुको सञ्चालन ब्यवस्थापनमा दक्षता ल्याउनु पर्नेमा माहालेखाले जोडदिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।