एनआईसी एशिया क्यापिटलको “एक नेपाली, एक डिम्याट खाता“ अभियान,असार मसान्तसम्म निशुल्क

Apr 15, 2019 Merolagani

एनआईसी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई “एक नेपाली, एक डिम्याट खाता“ अभियानको वर्षको रुपमा सञ्चालन गरेको छ। यस अभियान अन्तर्गत २०७६ असार मसान्तसम्म डिम्याट खाता खोल्दा लाग्ने सबै शुल्क छुट गरिएको छ।

एनआईसी एशिया क्यापिटलले आम जनता माझ डिम्याट खाताको पहुँच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरि “एक नेपाली, एक डिम्याट खाता“ अभियान सञ्चालन गरिएको जनाएको छ। 

अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुर्याउने विश्वास लिईएको छ।

क्यापिटलले व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै वर्ष २०७६ मा “एक नेपाली, एक डिम्याट खाता“ अभियानको थालनी गरेको हो।

एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै गुणस्तरिय मर्चण्ट बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै लगानी व्यवस्थापन सेवालाई आकर्षक तथा नविनतम सेवाको रुपमा स्थापना गर्ने कार्य गर्दै आईरहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।