जनता बैंकको सबै नेपालीको बैंक खाता अभियान

Apr 15, 2019 Merolagani

जनता बैंक नेपाल लिमिटेड (JBNL) ले सबै नेपालीको बैंक खाता अभियान सञ्चालनमा ल्याएको छ । नेपाल सरकारले बैशाख १ गतेदेखि शुरु गरेको सबै नेपालीको बैंक खाता अभियानमा जनता बैंकले पनि सहाकार्य गरेको हो ।

सरकारको यस अभियानलाई पूर्ण रुपमा सफल पार्नको लागि जनता बैंकले ‘सबै नेपालीको खाता’ मा विविध सुविधा दिएको छ ।

जसमा शुन्य मौज्दातमा खाता खोल्न सकिनेछ। यस अभियान अन्तर्गत खाता खोल्दा बैंकको तर्फबाट एक सय रुपैयाँ बैंकले नै खातामा जम्मा गरिदिने र झण्झट रहित सरल रुपमा खाता खोल्न सकिने छ ।

यसैगरि वार्षिक व्याजदर ६.५ प्रतिशत ब्याजदर दैनिक मौज्दातमा गणना गरि त्रैमासिक ब्याज भुक्तानी हुनेछ भने खातावालाले २ लाख रुपैयाँसम्मको एबिबिएस सेवा निःशुल्क प्राप्त गर्ने बैंकले जनाएको छ।

जनता बैंकले देशभरी छरिएर रहेका विभिन्न स्थानमा १२८ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । यस बैंकको १२८ ओटै शाखाबाट सबै नेपालीको बैंक खाता खोल्न सकिन्छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।