माउन्टेन हाईड्रोको शेयर कारोबार खुल्यो, ओपनिङ्ग रेञ्ज कति ?

Apr 15, 2019 Merolagani

माउन्टेन हाईड्रो नेपालको शेयर कारोबार खुला भएको छ। त्यसको लागि नेप्सेले पहिलो शेयर कारोबार गर्न आपनिङ्ग रेञ्ज तोकेको छ। नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ९३ रुपैयाँ ७५ पैसा देखि अधिकतम २८१ रुपैयाँ २५ पैसा तोकेको हो।

त्यसको आधारमा पहिलो कारोबार खुलेको छ । माउन्टेन हाईड्रो नेपालको कारोबार संकेत ‘एमएनएचएल’ (MNHL) पाएको छ । 

कम्पनीले चैत २८ गते बिहीबार एक करोड २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकरण गराएको थियो।

माउन्टेन हाईड्रो नेपालले सिद्धार्थ क्यापिटल मार्फत गत फागुन २३ गतेदेखि २८ गतेसम्म आयोजना प्रभावित बासिन्दाबाट अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर निष्काशन गरि चैत ३ गते बाँडफाँड गरेको थियो ।

माउन्टेनले पाँचथर जिल्लामा ४ अर्ब २८ करोड १७ लाख ६ हजार ८३१ रुपैयाँ लागतमा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।