एनआईबिएल एस क्यापिटलमा निशुल्क डिम्याट खाता खोल्न सकिने

Apr 15, 2019 Merolagani

एनआईबिएल एस क्यापिटलले नयाँ वर्ष २०७६ को हार्दिक शुभकामना सहित लगानीकर्ताहरुलाई निशुल्क डिम्याट खाता खोल्ने सुविधासञ्चालनमा ल्याएको छ। क्यापिटलले सरकारको “एक नेपाली, एक डिम्याट खाता“ अभियानलाई सार्थक बनाउन सो अभियानमा साथ दिएको हो।

सरकारको “एक नेपाली, एक डिम्याट खाता“ अभियानको अन्तर्गत डिम्याट खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने क्यापिटलले जनाएको छ। साथै निशुल्क सेवा सीमित अवधिको लागि मात्र प्राप्त हुने क्यापिटलले स्पष्ट पारेको छ। 

अभियानले विशेषतः पूँजी बजारभन्दा बाहिर रहेका गृहणी, महिला, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाईदा पुग्ने तथा जनता माझ डिम्याट खाताको पहुँच वृद्धि हुने विश्वास क्यापिटलको छ।

क्यापिटल लिमिटेडले स्थापनाकाल देखि नै मर्चेण्ट बैकिङ्ग क्षेत्रमा नविनतम सेवा प्रदान गर्नुका साथै लगानी व्यवस्थापन सेवा लगायत अन्य गुणस्तरिय तथा आकर्षक सेवा प्रदान गर्दै आईरहेको छ।

निशुल्क डिम्याट खाता अभियानमा खाता खोलेर आफ्नो उत्कृष्ट डिम्याट सेवाको अनुभव गरी लाभ उठाउन क्यापिटलले सबैमा अनुरोध गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।