शेयर कारोबारमा प्यान लागू, पाँच लाख बढीमा अनिवार्य

Apr 15, 2019 Merolagani

सोमबार देखि शेयर कारोबारमा प्यान लागू गरिएको छ । धितोपत्र बोर्डले सरकारको योजना अनुसार तत्काललाई ५ लाख वा सो भन्दा बढीको कारोबारमा प्यान अनिवार्य गरेको हो ।

शेयर बजारका सबै लगानीकर्तालाई प्यानको दायरामा ल्याउने सरकारको योजना भए पनि विभिन्न पक्षसँगको छलफल तथा सुझावका आधारमा ५ लाखभन्दा बढीको कारोबारमा मात्र प्यान अनिवार्य गरिएको हो ।

५ लाखभन्दा कमको कारोबार गर्नेहरुले पनि ऐच्छिक रुपमा प्यानमा आबद्ध हुन सक्ने बोर्डले जनाएको छ । गत चैत १० गते आइतबारदेखि शेयर कारोबारमा स्वेच्छिक रूपमा प्यान लागू गरिएको थियो ।

नेपाल धितोपत्र बोर्डका अनुसार दोस्रो बजारमा एक पटकमा पाँच लाख वा सो भन्दा बढीको कारोवारमा मात्र स्थायी लेखा नम्बर प्यान चाहिनेछ । दिनभरीको कारोवार वा पटक पटकको कुल कारोवारको नभई एक पटकमा ५ लाख वा सोभन्दा बढीको कारोवार गर्दा मात्र प्यान अनिवार्य गरिएको हो ।

सरकारको बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था अनुसारस्थायी लेखा नम्बर अनिवार्य गर्ने व्यवस्था गरिएको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।