एनएमबि माइक्रोफाइनान्स वित्तीय विवरण प्रकाशनमा पहिलो, खुद नाफामा करोड बढी सुधार

Apr 15, 2019 Merolagani

एनएमबि माइक्रोफाइनान्स (NMBMF) चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्ने पहिलो कम्पन्री बनेको छ। माइक्रोफाइनान्सले चालू आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड १४ लाख ७४ हजार रुपैयाँले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

माइक्रोफाइनान्सले ३ करोड ३२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आम्दानी गरेको वित्तीय विवरण प्रकाशन गरेको हो । यो नाफा गत वर्षको यहि अवधिको तुलनामा १ करोड १४ लाख ७४ हजार रुपैयाँले बढी हो । गत वर्ष २ करोड १८ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

माइक्रोफाइनान्सले ९६ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ७९ करोड ४८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै १ अर्ब ८७ करोड २० लाख रुपैयाँ सापटि लिएको छ ।

माइक्रोफाइनान्सले यस अवधिमा खुद ब्याज आम्दानी १४ करोड ३० लाख रुपैयाँ गरेको छ । यो गत बर्ष ११ करोड ९३ लाख रुपैयाँ थियो ।

१६ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको जगेडा कोषमा ११ करोड ९९ लाख रुपैयाँ सञ्चित छ ।
माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात पनि सुधार भएको छ । यो अनुपात २.९३ बाट झरेर २.४५ प्रतिशत कायम छ ।

माइक्रोफाइनान्सको प्रति शेयर आम्दानी (वार्षिक) २७ रुपैयाँ ३९ पैसा, प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ०६ पैसा र मूल्य आम्दानी अनुपात ३६..५५ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।