जुकरवर्गको वार्षिक सुरक्षा खर्च २ करोड २६ लाख डलर, ६० प्रतिशतले बढोत्तरी

Apr 15, 2019 Merolagani

फेसबुकका सीईओ मार्क जुकरबर्गको सुरक्षा खर्च गत वर्ष २ करोड २६ लाख डलर पुगेको छ । करिब २ करोड डलर जुकरबर्ग र उनको परिवारको सुरक्षामाथि खर्च भएको थियो भने २६ लाख डलर जुकरबर्गको प्राइभेट जेट प्रयोग गर्नका लागि खर्च भएको बताइएको छ ।

कम्पनीले रेग्युलेटरी फाइलिङमा सन् २०१८ मा जुकरबर्गको सुरक्षा खर्च २ करोड २६ लाख डलर पुगेको बताएको हो । 

यो रकम सन् २०१६ मा उनले पाएको रकमभन्दा ४ गुणा बढी हो । गतवर्ष फेसबुक विभिन्न मुद्दामा मुछिएसँगै जुकरबर्गको सुरक्षा खर्च बढेको हो ।

सन् २०१७ मा जुकरवर्गको सुरक्षा खर्च ९० लाख डलर मात्र थियो । एक वर्षमा उक्त खर्च ६० प्रतिशतले बढेको हो ।

गतवर्ष जुकरबर्गको सुरक्षा खर्च सबैजसो क्षेत्रमा बढेको थियो । सन् २०१८ मा उनले व्यक्तिगत सुरक्षाका लागि १ करोड डलर पाएका थिए ।

यस वर्ष भने १ करोड डलर व्यक्तिगत सुरक्षाका लागि छुट्याइएको छ । यसबाट जुकरवर्ग र उनको परिवारको व्यक्तिगत सुरक्षाका लागि खर्च हुनेछ ।

यद्यपी जुकरबर्गले वार्षिक तलबको रुपमा ३ वर्षसम्म केबल १ डलर मात्र लिदैँ आइरहेका छन् । एजेन्सी

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।