इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल धितोपत्र बोर्डले चैत २८ गते बिहिबार मात्रै स्वीकृति दिएको हो ।
इन्स्योरेन्सले बैशाख १० गते वार्षिक साधारण सभा समेत बोलाएको छ।
सर्वसाधारण र संस्थापकको अनुपात मिलाउन यस अघि १०५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको एभरेष्टले ३०० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। यो सँगै एभरेष्टको चुक्ता पूँजी बीमा समितिले तोके अनुरुप १ अर्ब रुपैयाँ नाघ्नेछ।
हाल २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ८२ करोड १९ लाख ४७ हजार बराबरको हकप्रद निष्काशन पछि चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।