इन्स्योरेन्सले चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँको २४० प्रतिशत अर्थात १० बराबर २४ कित्ता अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ७२ करोड ५७ लाख ६० हजार रूपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद जारी गर्न माग गरेको हो ।
२४० प्रतिशत हकप्रद जारी पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीले जारी गर्ने हकप्रदलाई यस अघिनै केयर रेटिङ्गस् नेपालले ‘केयरएनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरिसकेको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतमा भन्दा तल आधार रहेको जनाउँछ ।