सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तारसँगै तोडियो एभरेष्ट बैंकको एकाधिकार

Apr 15, 2019 Merolagani

सिंहदरबार परिसरमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको छ । विभिन्न क्षेत्रबाट निजी स्वामित्वको बैंकको शाखा मात्र सिंहदरवार परिसरमा रहेको भन्ने आलोचना बीच सरकारी स्वामित्वको वाणिज्य बैंकले बैशाख १ गतेदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो।

यससँगै सिंहदरबारमा एभरेष्ट बैंकको एकाधिकार तोडिएको छ । सिंहदरबारमा यसअघि एभरेष्ट बैंकको मात्र शाखा कार्यालय रहेको थियो। सिंहदरबारमा करिब ७ हजार कर्मचारी कार्यरत छन्। एभरेष्ट बैंकको मात्र शाखा हुँदा सांसद तथा मन्त्री र कर्मचारीहरुले तलब भत्ता पनि एभरेष्ट बैंक मार्फत नै बुझ्दै आएका थिए।

निजी क्षेत्रको बैंकलाई देशको प्रसाशनिक निकायको काममा एकाधिकार दिँदा गोप्य सूचना लिक हुनसक्ने भन्दै सांसदहरुले एभरेष्ट बैंकलाई हटाएर सरकारी स्वामित्वको बैंक राख्नुपर्ने माग गर्दै आएका थिए । सांसदहरुको सोही माग सम्बोधन गर्दै अर्थमन्त्रालयको पहलमा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेको हो ।

सङ्घीय संसदमा सिंहदरबारभित्र सरकारी स्वामित्वको बैंकका शाखा स्थापना गर्न सांसदहरु पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।

सिंहदरबार परिसरमा खोलिएको बैंकको २१८ औं शाखा कार्यालय हो । उक्त शाखाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले उद्घाटन गरेका थिए । राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार परिसरको यो शाखा अपाङ्ग मैत्री रहेको छ ।

देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्र राष्ट्रिय वाणिज्य बैंकको शाखा खुलेपछि सरकारी आर्थिक कारोबार गर्न थप सहयोग पुग्ने बैंक संचालक समितिका अध्यक्ष गुरुङ्गले बताए ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुँच विस्तार गरिने बताए । उनले ७७ वटै जिल्लामा शाखा पुर्याउने पहिलो बैंक बन्दा आफूलाई गर्व लागेको उल्लेख गरे।

बैंकले एक खर्ब ७६ अर्ब भन्दा माथि निक्षेप संकलन तथा एक खर्ब ४१ अर्ब भन्दा कर्जा लगानी गरेको छ भने मुनाफाका आधारमा पनि बैंक नम्बर एक रहेको छ।

हाल बैंकको ७७ जिल्लामा २१८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् ।

अर्थमन्त्री पहिलो ग्राहक

राष्ट्रिय वाािण्ज्य बैंकले सिंहदरवार परिसरमा खोलिएको शाखामा अर्थमन्त्रीले पहिलो बैंक खाता खोलेका थिए। अर्थमन्त्रीले तलब बचत खाता खोलेका हुन्। सो खाताका ग्राहकहरुलाई वार्षिक साढे चार प्रतिशत ब्याज भुक्तानी हुनेछ भने निशुल्क एटिएम र मोबाइल बैंकिङको सुविधा पाउनेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।