जसमा शुन्य मौज्दातमा खाता खोल्न सकिने, खातामा रु १०० बैंकको तर्फबाट प्रदान गरिने, निःशुल्क मोबाईल बैंकिङ्ग, निःशुल्क इन्टरनेट बैंकिङ्ग , निःशुल्क एबिबिएस लगायतका सुबिधाहरु रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
देशभर ९५ बटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै अएको बैकको ३४ एटिएम छन् । निकट भविष्यमा देशका बिभिन्न २ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ ।
यस बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।