सोमबार ५ लाख बढीको शेयर कारोबार ५६ पटक, प्यानमा कति लगानीकर्ता भए आबद्ध ?

Apr 15, 2019 Merolagani

बैशाख २ गते सोमबार ५ लाख वा सोभन्दा बढीको शेयर कारोबार ५६ पटक भएको छ । अर्थात प्यान अनिवार्य गरिएको न्युनतम मापदण्ड भित्र शेयर कारोबार हुने गरी लगानीकर्ताले ५६ पटक शेयर कारोबार गरेका हुन् । ५ लाखभन्दा कम रकमको शेयर कारोबार गर्ने लगानीकर्ता पनि स्वेच्छिक रुपमा प्यानमा आबद्ध हुन सक्ने व्यवस्था छ ।

सोमबार शेयर बजारमा कुल ५ हजार ४०५ पटक शेयर कारोबार भएको छ । यो संख्याका आधारमा हेर्दा ज्यादै न्युन संख्यामा मात्र ५ लाख बढीको शेयर कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार जम्मा ५६ वटा कारोबार मात्र ५ लाख वा सोभन्दा बढीका छन् । प्रतिशतका आधारमा हेर्दा सोमबारको यो हिस्सा कुल कारोबारको १ दशमलव ०३६ प्रतिशत हुन आउँछ ।

उल्लेखित तथ्यांकले शेयर बजारका लगानीकर्ताको सानो हिस्सा तथा कारोबारलाई मात्र प्यान अनिवार्य हुने देखिन्छ । यसले प्यानको विषयलाई लिएर शेयर बजारमा फैलाइएको हाउगुजीबाट लगानीकर्ता आत्तिनु पर्ने देखिँदैन ।

गत चैत २८ गते बिहीबार मात्र ५ लाख भन्दा बढी रकमको ८० वटा शेयर कारोबारहरु भएका थिए ।

नेप्सेका अनुसार सोमबारसम्ममा प्यानमा आबद्ध हुने लगानीकर्ताको संख्या १४ हजार ५३ पुगेको छ । स्वेच्छिक रुपमा प्यानमा आबद्ध हुने लगानीकर्ता समेत गरी यो संख्यामा लगानीकर्ताको आबद्धता देखिएको हो ।

केन्द्रयि निक्षेप प्रणाली सिडिएससीका अनुसार सोमबारसम्ममा १४ लाख ८४ हजार २०७ वटा हितग्राही खाता खोलिएका छन् । यसमा कतिपय लगानीकर्ताको दोहोरो खाता समेत गणना भएको छ ।

कुल डिम्याट खाताको संख्याका आधारमा प्यानमा आबद्ध हुने लगानीकर्ताको संख्या पनि ज्यादै न्युन देखिएको छ । कुल डिम्याट खाताका आधारमा प्यानमा आबद्ध हुने लगानीकर्ताको प्रतिशत शुन्य दशमलव ९४६ प्रतिशत मात्र हुन आउँछ ।

यसले पनि प्यानको विषयलाई लिएर लगानीकर्ताले मनोबल कमजोर बनाउनु पर्ने अवस्था नरहेको देखाउँछ ।

बैशाख १ गतेखेखि ५ लाख बढीको शेयर कारोबारमा प्यान अनिवार्य गरे पछि प्यानमा आबद्ध हुने लगानीकर्ताको संख्या भने बढ्दै गएको छ ।

यद्यपी आन्तरिक राजश्व विभागसँग नेप्से तथा शेयर दलालको प्रणाली इण्टिग्रेट गरिएको छैन । जसले गर्दा प्यान लागू हुने गरी भएको कारोबारको प्रणालीमा कर गणना हुन सकिरहेको छैन ।

अर्कातिर हाम्रो करप्रणालीमा सेवाग्राही आफैं कर कार्यालय गएर घच्घच्याएर कर तिर्नु परिरहेको अवस्थामा ५ लाखभन्दा बढी रकमको कारोबारमा अहिले नै कर लाग्ने अवस्था पनि देखिन्न । कालान्तरमा कुनै दिनमा राजश्व विभागले भने अहिले भएको कारोबारका आधारमा कर तिराउन भने सक्छ ।

अर्कातिर प्यानमा आबद्ध भएका लगानीकर्ताले पनि राजश्व विभागको ट्याक्स पार्टलमा शेयर कारोबारबाट राज्यलाई तिरेको करको तथ्यांकका बारेमा जानकारी लिन सक्दैनन् । अर्थात अहिले भईरहेको शेयर कारोबारमा ५ लाख बढीको शेयर कारोबार गर्नेले कर तिर्न परिरहेको छैन ।

नेप्सेले प्यानमा आबद्ध हुका लागि लगानीकर्ताहरुलाई आफुहरुले प्रोत्साहित मात्र गर्दै आएको जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।