पाकिस्तानमा महंगीको दर चार गुणाभन्दा धेरैले बढ्यो

Apr 15, 2019 Merolagani

पुलवामा भएको आक्रमणपछि बदलिदो अवस्थामा पाकिस्तानमा महंगीको दर चार गुणाभन्दा धेरैले बढेको छ । १४ फेब्रुअरी भारतको पुलवामा आतकंवादी हमला भएको थियो ।

आतकंवादी हमलाभन्दा अघि पाकिस्तानमा महंगीको दर २.२ प्रतिशत थियो । जबकि ५८ दिनपछि ९.४ प्रतिशत पुगेको छ । महंगीका कारण पाकिस्तानका जनता मारमा परेका छन् । त्यहाँ खाद्यवस्तुका साथै औषधी पनि महंगो भएको छ ।

मिडिया रिपोर्ट्का अनुसार, यस्तो स्थितिका बेला पास्तिानको ड्रग रेग्यूलेटरी अथोरिटीले कराची, लाहोर र पेशावरमा रहेका २८ औषधी कम्पनीहरुमा छापा मारेको छ । जसको गोदामबाट ८३ प्रकारका औषधीहरु जफत गरिएको बताइएको छ । ती कम्पनीहरुले महंगो मूल्यमा औषधी बेचिरहेका थिए ।

पाकिस्तानी अखबार द डोनका अनुसार, प्रशासनले दुधको मूल्य १५० रुपैयाँ पुर्याएको छ । तर अधिकांश विक्रेताहरुले १९० देखि २९० रुपैयाँ प्रतिलिटरसम्म बेचिरहेका छन् । डेरी एशोसियशनका अनुसार त्यहाँको सरकारसँग नै मूल्य बढाउनका लागि आग्रह गरिएको तर सरकारले नमानेकाले उनीहरु आफैँले दुधको मूल्य बढाएका हुन् । प्रशासनले छापा मारेर करिब १८ लाख रुपैयाँ जरिवाना असुलेको छ ।

गोलभेडा जस्ता सामान्य तरकारीको मूल्य २४० रुपैयाँ प्रतिकिलो विक्री भइरहेको छ । भारतले पुलवामा आक्रमणपछि बस्तुहरुमाथि २०० प्रतिशतसम्म शुल्क लगाएको थियो । त्यसको प्रत्यक्ष असर पाकिस्तानको व्यापारमा देखिएको छ । आक्रमणपछि भारतले पाकिस्तानलाई साफ्टाबाट हटाउने तयारी समेत गरेको थियो ।

हाल पाकिस्तान विदेशी मुद्रा भण्डारणमा कमी र विदेशी ऋण बढ्ने समस्याबाट गुज्रिरहेको छ । हाल पाकिस्तानसँग १०२७ करोड डलर मात्र रहेको छ । जुन अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्वबैंकले तोकेको न्यूनतम स्तरभन्दा पनि कम हो । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।