मेरोलगानी डाटाका अनुसार २०७५ सालमा नेपाल बैंकको अधिक शेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा केलाइएको तथ्यांक अनुसार २०७५ सालमा नेपाल बैंकको अधिक शेयर कारोबार भएको छ । वर्ष भरीमा नेपाल बैंकको ४ अर्ब ६८ करोड रुपैंयाको शेयर कारोबार भएको छ । शिर्ष १० मध्ये सबैभन्दा थोरै शेयर कारोबार भएको ग्लोबल आईएमई बैंकको १ अर्ब ६८ करोड रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा शिर्ष १० कम्पनीको सूचीमा ९ वाणिज्य बैंकको बिचमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा परेको छ । सूची यस्तो छ ।
वर्ष भरीमा कारोबारमा आएको शेयर संख्याका आधारमा पनि नेपाल बैंक नै पहिलो स्थानमा परेको छ । यो अवधिमा नेपाल बैंकको १ करोड ५३ लाख १३ हजार कित्ता शेयरहरु कारोबार भएको छ । कारोबार भएको शेयर संख्याका आधारमा १० वटै वाणिज्य बैंकले दवदबा कायम गरेका हुन् । यस्ता छन् कारोबार भएको शेयर संख्याका आधारमा शिर्ष १० कम्पनी ।
उता वर्षभरीको कारोबार संख्याका आधारमा भने केही समय अघि मात्र दोस्रो बजारमा शेयर कारोबार सुरु भएको माथिल्लो तामाकोशी जलविद्युतले अरु कम्पनीहरुलाई पछि पारेको छ । २०७५ मा ६७ हजार ८७५ पटक शेयर भए पछि तामाकोशी धेरै पटक शेयर कारोबार हुने कम्पनीको पहिलो स्थानमा बसेको हो । १० औं स्थानमा रहेको स्टाण्डर्ड चार्टर्ड बैंकको २० हजार १३२ पटक शेयर किनबेच भएको छ । धेरै पटक शेयर कारोबार भएका १० कम्पनीको सूची यस्तो छ ।