फर्स्ट माईक्रोफाइनान्सको यस्तो आयो तेस्रो त्रैमासिक प्रगति

Apr 16, 2019 Tirtha Raj Poudyal

थोक लघुवित्त कर्जा प्रबाह गर्ने फर्स्ट माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था (FMDBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। लघुवित्तको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक करोड ८८ लाख रुपैयाँ धेरै हो।

खुद नाफा २५ प्रतिशतले बढाएको यस लघुवित्तको २० प्रतिशत पूँजी वृद्धिको बाबजुत प्रतिशेयर आम्दानी बढेको छ भने अन्य अधिकांश सूचक उत्साहप्रद देखिएका छन्। यसअवधिमा लघुवित्तले पूँजी ६८ करोड ४३ लाख ९४ हजार रहेको छ ।

लघुवित्तले जगेडा कोषको आकार ३१ प्रतिशत बढाएर १८ करोड ९२ लाख पुर्याएको छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ६५ पैसा कायम छ।

मंगलबार प्रकाशित वित्तीय विवरण अनुसार चार अर्ब ७५ करोड सापटीबाट ५ अर्ब १८ करोड बढी कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले १४ करोड ४९लाख रुर्पैयाँ खुद ब्याज आम्दानी तथा १४ करोड ४४ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको सापटी २५.६०,कर्जा ३४.१८खुद ब्याज आम्दानी २०.५१ र सञ्चालन नाफामा २५.७५ प्रतिशतको बढोत्तरी भएको हो ।

निस्क्रिय कर्जा अनुपात शुन्य रहेको फर्स्टको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९० पैसा, र मुल्य आम्दानी अनुपात (पिइ रेसियो) २१.३९ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।