सिभिल बैंकले लाभांश र साधारण सभा प्रयोजनका लागि बैशाख १० गते मंगलबारदेखि शेयरधनी दर्ता किताब बन्द गर्दैछ । यसअनुसार बैशाख ९ गते सोमबारसम्म कायम रहने बैंकका शेयरधनीले मात्रै सधारण सभामा सहभागिता जनाउन पाउनुका साथै बैंकको लाभांश पाउनेछन् । बैंकको शेयरमूल्य बैशाख २ गते सोमबार प्रतिकित्ता १६३ रुपैयाँ रहेको छ ।
सातौं र आठौं साधारण सभाले क्रमश आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १०.२५ प्रतिशत बोनस तथा ०७४/७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश गरि कूल १४.३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसअनुसार बैंकले २०७३/७४ को मुनाफाबाट ७४ करोड ४० लाख ७९ हजार ३१२ रुपैयाँ बराबरको बोनस र ३ करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ नगद लाभांश तथा २०७४/७५ को मुनाफाबाट २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ नगद गरि ३३ करोड ३१ लाख ६४ हजार १३८ रुपैयाँ नगद लाभांश वितरणका लागि अनुमोदन हुनेछ ।
यस्तै सभामा संस्थापक र साधारण शेयरधनीको तर्फबाट ३/३ जना गरि ६ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका मुख्य एजेण्डा रहेका छन् ।