हालै आईपिओ निकालेको स्पर्स लघुवित्त नाफामा

Apr 16, 2019 Merolagani

स्पर्स लघुवित्त (SPARSHA) चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफामा पुगेको छ। गत आवको यसै अवधिमा ५६ लाख नोक्सानी व्यहोरेको यस लघुवित्त दोस्रो त्रैमासमा नाफामा पुगेको थियो। चैत मसान्तसम्म लघुवित्तको नाफा ६० लाख नाघेको छ।

आईपिओ बिक्री प्रश्चात ८ करोड २९ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी पुगेको लघुवित्तको जगेडा कोष समेत ६२ लाख ५३ हजारले धनात्मक बनेको छ। गत वर्ष यसै अवधिमा जगेडा ५५ लाख ऋणात्मक थियो।

१३ करोड ८८ लाख निक्षेप संकलन र ५९ करोड ९४ लाख सापटीबाट ७५ अर्ब ३८ करोड बढी कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले २ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा ८४ लाख ६७ हजार सञ्चालन नाफा आर्जन गरेको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ५४ पैसा, निस्क्रिय कर्जा अनुपात ०.४६ प्रतिशत छ।

लघुवित्तले गत फागुन २६ देखि २९ गतेसम्म कूल २ लाख ६९ लाख ६३० कित्ता आईपिओ निष्काशन गरि चैत १० गते बाँडफाँड गरेको थियो। कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।