मेरो सुरक्षाले ११ लाखको निशुल्क बीमा गरिदिने

Apr 16, 2019 Merolagani

मेरो सुरक्षाले नयाँ वर्षको अवसरमा निशुल्क बीमा योजना सार्वजनिक गरेको छ । मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स अन्तरगत नयाँ योजना ल्याएको हो ।

यस योजनामा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहकार्य गर्ने मोबाइल व्यवसायी सहभागि हुन सक्छन् । मेरो सुरक्षाका अनुसार मोबाइल व्यवसायीको ११ लाख रुपैंया बराबरको निशुल्क बीमा हुनेछ ।

मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारका अनुसार मोबाइल व्यवसायीले १० लाख रुपैंया बराबरको दुर्घटना बीमा तथा एक लाख रुपैंया बराबरको स्वास्थ्य उपचार बीमा निशुल्क पाउने छन् ।

योजनामा सहभागि हुनका लागि मोबाइल व्यवसायीहरु मेरो सुरक्षाको मोबाइल प्रटेक्सन प्लानका बितरक हुनु पर्नेछ । बैशाख २० गतेसम्ममा मेरो सुरक्षासँग सम्पर्कमा आउने मोबाइल बितरकहरुलाई मात्र निशुल्क बीमा योजनामा सहभागि गराइने बताइएको छ ।

मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा निशुल्क बीमा योजना ल्याएको हो । मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगकै सहकार्यमा मोबाइल प्रोटेक्सन प्लान सञ्चालन गरिरहेको छ ।

केही समय अघि मात्र चितवनमा शाखा बिस्तार गरेको मेरो सुरक्षाले बैशाखको पहिलो सातादेखि बुटवलमा पनि शाखा सञ्चालनमा ल्याउँदैछ ।

कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षती पुगेर मोबाइल नचल्ने भएमा, हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ ।

मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरीद गरी आफ्नो मोबाइलको बीमा गराउन सक्छन् । मेरो सुरक्षाले मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीको १ लाख रुपैंयाको निशुल्क दुर्घटना बीमा समेत गरिदिनेछ ।

मोबाइल प्रोटेक्सन प्लान लिनका लागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नु पर्ने हुन्छ । मोबाइलको बीमा गर्दा लाग्ने शुल्क इसेवा, खल्ती, आई पेका साथै १५ वाणिज्य बैंकका अनलाइन बैंकिंगबाट भुक्तान गर्न सकिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।