हिमालय ऊर्जा विकास कम्पनीको आईपिओ बाँडफाँड

Apr 16, 2019 Merolagani

हिमालय ऊर्जा विकास कम्पनी (HUBCL) को साधारण शेयर (आईपिओ) वैशाख ३ गते मंगलबार बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गरिएको उक्त कम्पनीको आईपिओमा अधिकांश आवेदकले २० कित्ता शेयर हात पारेका छन्।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गका अनुसार आईपिओमा आवेदन गरेर सदर भएका कूल ६९ हजार ६७० जना आवेदकमध्ये ६६ हजार ९५० जनाले २० कित्ताका दरले शेयर प्राप्त गरे भने २ हजार ७२० जनालाई १० कित्ताका दरले बाँडफाँड गरिएको हो।

कूल सदर आवेदकमध्ये ९६.०९६ प्रतिशतले २० कित्ता र ३.९०४ प्रतिशत आवेदकले १० कित्ता शेयर प्राप्त गरेका हुन् । 

आईपिओमा कूल ६९ हजार ७०८ वटा आवेदन परेकोमा ३८ आवेदकबाट परेको २ हजार ८०० कित्ताको माग आवेदन रद्ध भएको छ । रितपूर्वक आवेदन दिएर सदर भएका ६९ हजार ६७० जना आवेदकलाई शेयर बाँडफाँड गरिएको हो ।

आईपिओमा सदर भएको ६९ हजार ६७० वटा आवेदनबाट कूल ४८ लाख ९३ हजार ५० कित्ता शेयर माग भएको थियो । सदर भएको माग सर्वसाधारणमा निष्काशन भएको ३.५८ गुणा धेरै हो। सो आईपिओमा न्यूनतम ५० देखि अधिकतम ६ हजार ५०० कित्तासम्म आवेदन गर्ने व्यवस्था थियो।

कम्पनीले चैत २० देखि २५ गतेसम्म कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो मध्ये कर्मचारीहरुलाई ३ प्रतिशत अर्थात ४४ हजार ५५० कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ७४ हजार २५० कित्ता छुट्टाइएको छ । बाँकी १३ लाख ६६ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको हो ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति– आई आई गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ।

विवरण पत्रमा उल्लेख भए अनुसार १९ मेगावाट निर्माण गर्नको लागि लागत करिव ३ अर्ब १५ करोड रहेको छ। यसरी हेर्दा प्रति मेगावाट लागत करिब १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।