तेईस अंकले बढेको नेप्से ४ महिनापछि १२ सय अंक माथि, ७४ करोडको कारोबार

Apr 16, 2019 Merolagani

शेयर बजार परिसूचक नेप्से १२ सय अंक माथि उक्लिदा चार महिना यताकै उच्च विन्दुमा पुगेको छ । लगानीकर्ताको प्रमुख आर्कषण देखिएको वाणिज्य बैंक सहित सबै समूहमा बढोत्तरी आउँदा कारोबार रकम समेत ७४ करोड नाघेको छ ।

नयाँ बर्षको सुरु भए यता शेयर बजारमा सुधारको क्रम देखिएको छ । नयाँ बर्षको दुई दिनमै नेप्से सूचक २८ अंकले उकालो लागेको छ । सोमबार ४.७० अंकले बढेको बजार मंगलबार २३.३३ अंकले उकालो लागेर १२१२.०५ अंकमा पुगेको छ ।

नेप्से सूचक चार महिना यताकै उच्च विन्दुमा पुगेको हो । गत पुष १५ गते नेप्से १२०४ चार विन्दुमा रहेको थियो । १२ विन्दुको मनोवैज्ञानिक अवरोध पार गरेपछि नेप्सेमा उछाल आएको हो ।

यसदिन १७० कम्पनीको ७४ करोड २७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । कारोबार रकम समेत अघिल्लो दिनको तुलनामा दोब्बर बढीले उकालो लागेको छ । यसले शेयर बजारमा अझ् बढ्न सक्ने संकेत गर्छ । सोमबार ३० करोड ४५ लाख बराबरको शेयर किनबेच भएको थियो।

यस दिन कारोबारमा आएका १० वटै उपसमुह हरियाली देखिएको छ । मंगलबार जीवन बीमा उपसमुहको सुचक सबैभन्दा धेरै ८०.१९ अंकले बढेको छ । यस्तै होटल निर्जीवन बीमा ४८.९२, माइक्रोफाइनान्स ३५.८, वाणिज्य बैंक २९.४१, विकास बैंक २०.०२, होटल १४, फाइनान्स १०.७४, हाइड्रोपावर ५.८९, अन्य २.९३, र उत्पादन तथा प्रशोधन २.४६ अंकले सुधार भएका हुन् ।

मंगलबार वाणिज्य बैंकहरुको शेयरमा लगनी कर्ताहरुको आर्कषण बढेको छ । बैकिङ्ग समुहको मात्रै १३ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
एनएमबि बैंकको सबैभन्दा धेरै रकमको कारोबार भएको छ । बैंकको ६ करोड ७० लाख रुपैयाँको कारोबार भएको हो ।

यस्तै एनआईसि एशिया बैंकको ४ करोड ९८ लाख, प्रभु बैंक ४ करोड ५८ लाख, सिभिल बैंकको ३ करोड ३२ लाख, नेपाल बेंकको ३ करोड २४ लाख, कुमारी बैंकको २ करोड ७५ लाख, एनसिसि बैंकको २ करोड ३० लाख, सानाकिसान विकास बैंकको २ करोड २४ लाख, छिमेक लघुवित्तको १ करोड ४८ लाख र प्राइम कर्मशियल बैंकको १ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको कारोबारबाट श्री इन्भेष्टमेन्ट फाइनान्सका शेयरधनीरुले सबै भन्दा धेरै ६.६७ अंकले कमाएका छन् । सेन्ट्रल फाइनान्सको शेयरमूल्य ६.५४ अंकले बढेको छ ।

यस्तै सामुदायिक लघुवित्त, डिप्रोक्स लघुवित्त, प्रभु बैंक, सिदार्थ बैंकको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले सुधार भएको छ । ग्रामिण विकास लघुवित्त, युनाइटेड इन्स्योरेन्स, जानकी फाइनान्स, सहयोगि विकास बैंकको शेयरधनीहरुले ४ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

यता युनिर्भसल पावरको शेयरधनीले सबै भन्दा धेरै ३.२२ अंकले गुमाएका छन् । यस्तै एभरेष्ट इन्स्योरेन्स, सपोर्ट माइक्रोफाइनान्स, सिनर्जी पावर, हिमालयन डिस्टिलरी लगायतको शेयरमूल्य ओरालो लागेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।