हाम्रो विकास बैंकको शेयर अब ज्योति विकास बैंककै नाममा कारोबार हुने

Apr 17, 2019 Merolagani

ज्योति विकास बैंकसँग विलय भएको हाम्रो विकास बैंकको शेयर अब ज्योति विकास बैंक कै नामबाट कारोबार हुने भएको छ। नेप्सेले एक सूचना जारी गर्दै हाम्रो विकास बैंकको शेयर ज्योति विकास बैंकको हुने गरी कारोबार फुकुवा गरिएको जनाएको छ।

ज्योति विकास बैंकलेले नुवाकोटमा केन्द्रिय कार्यालय रहेको हाम्रो विकास बैंकलाई १:१ को स्वाप रेसियोमा प्राप्ति  (एक्वायर) गर्ने प्रयोजनका लागि गत असार ३२ गतेदेखि हाम्रो विकास बैंकको  शेयर कारोबार रोकिएको थियो ।

गाभ्ने सम्झौता भएको करिब ८ महिना पछि  चैत १५ गते देखि ज्योति विकास बैंकले  हाम्रो विकास बैंकलाई गाभेर एकिकृत कारोबार गरेको थियो।

हाम्रो विकास बैंकको नाममा रहेको ५० लाख ४० हजार ५३४ कित्ता शेयर ज्योति विकास बैंकको नाममा थप अभिलेख गरिएको छ। उक्त शेयर ज्योति विकास बैंकको स्टक कोड (JBBL)मा रहने गरी बैशाख ४ गते सूचीकरण गरिएको छ ।

हाम्रो विकास बैंकलाई प्राप्ति गरेसँगै ज्योति विकास बैंक चुक्ता पूँजीको हिसाबले देशकै सबैभन्दा ठूलो विकास बैंक बनेको छ । बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड रूपैयाँ पुगेको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।