सिटी एक्सप्रेस फाइनान्सको नाफा उच्च घट्यो

Apr 17, 2019 Merolagani

सिटी एक्सप्रेस फाइनान्स (CEFL) को चालु आर्थिक आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफामा उच्च गिरावट आएको छ । गत वर्ष यसै अवधिमा खराब कर्जा असुलीबाट ३ करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको फाइनान्सको नाफा ९४ लाख ९५ लाख रुपैयाँमा झरेको हो ।

समीक्षा अवधिमा फाइनान्सको नाफा ७० प्रतिशतले घटेको हो। फाइनान्सको खराब कर्जामा भने चमत्कारीक सुधार भएको छ । गत आवको चैतमा शतप्रतिशत खराब कर्जा रहेको फानान्सको ९.५८ प्रतिशतमा सुधार आएको हो।

फाइनान्सले यस अवधिसम्ममा १० करोड ६५ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ करोड ९२ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा ९६ लाख खुद ब्याज आम्दानी आर्जन गरेको छ ।

कमाइले कर्मचारी र अन्य सञ्चालन खर्च धान्न नसक्दा २ करोड ५१ लाख ६२ हजार रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको छ । कम्पनीको खुद ब्याज आम्दानीमा थोरै सुधार आएपनि खर्च धान्न नसक्दा सञ्चालन नोक्सानीमा पुगेको हो ।

गत आवको यसै अवधिमा ४ करोड ९५ लाख खराब कर्जा असुलीबाट नाफा गरेको फाइनान्सले चालु आवको चैत मसान्तसम्म ३ करोड ९६ लाख खराब कर्जा असुली गर्दा बल्ल ९४ लाख नाफामा पुगेको हो।

चुक्ता पूँजी ४० करोड २१ लाख ४२ हजार रुपैयाँ रहेको फाइनान्सको जगेडा कोष १८ करोड ७१ लाख ६७ हजार ऋणात्मक छ। वित्तीय विवरण अनुसार फाइनान्सको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ १६ पैसा रहेको सिटी एक्सप्रेसको प्रतिसेयर नेटवर्थ ५३ रुपैयाँ २१ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।