शेयर बजारमा नयाँ लगानीकर्ता भित्रिँदा सूचकसँगै कारोबारमा बढोत्तरी

Apr 17, 2019 Merolagani

चैत महिनाको अन्तिम साताबाट सुधार हुदै आएको शेयर बजार चालु आर्थिक बर्षको चौथो त्रैमास सुरु भएयता निरन्तर उकालो लागेको छ भने कारोबार रकममा समेत बढोत्तरी आएको छ । सूचकमा आएको सुधार र कारोबार रकममा देखिएको वृद्धिले बजारमा नयाँ लगानीकर्ता प्रवेश गरेको आँकलन गरिएको छ ।

नेप्से सूचकले १२ सय अंकको मनोवैज्ञानिक अवरोध तोडेपछि शेयर बजारका लगानीकर्तामा आत्मबल बढ्दा शेयर खरिदको क्रम बढाएका छन् । जसले गर्दा सूचकमा सुधार आएको छ भने कारोबार रकममा तेजी ।

सूचीकृत कम्पनीहरुले धमाधम चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै गर्दा कम्पनीहरुले पस्कने नाफा र आगामी बर्ष दिने प्रतिफलको लेखाजेखा गरी लगानीकर्ता शेयर खरिदबिक्रीमा व्यस्त देखिएका छन् ।

नयाँ साल सुरु भए यताको पछिल्लो तीन दिनको अवधिमा नै नेप्से सूचक झण्डै ३३ अंकले बढेको छ । सूचक सँगै दैनिक कारोबार रकम समेत बढ्न थालेपछि लगानीकर्ता बजारप्रति थप आशावादी बन्दै गएका छन् । सामान्य करेक्सनका बीच पुनः बजार उकालो लाग्न थालेकाले बजारमा बुलिस प्रवृति सुरु हुन लागेको विश्लेषण समेत गर्न थालिएको छ ।

पाँच अंकले बढेको बजारमा ८२ करोड बढीको कारोबार

चैत महिनाको अन्तिम साताबाट सुधार हुदै आएको शेयरबजार नयाँ वर्षको सुरुवातसंगै लयमा फर्किन थालेको छ । केहि समय अघि सम्म करोबार रकम ३० करोडको हाराहरीमा अल्झिरेको त्यो रकममा समेत व्यापक सुधार हुन थालेको हो ।

बुधबारको शेयर बजारमा ४.९९ अंकले बढ्दा कारोबार रकममा सुधार भएको हो । यस दिन १७१ कम्पनीका २८ लाख १ हजार ६१३ कित्ता शेयर किनबेच भएर ८२ करोड १६ लाख रुपैयाँ बराबरमा किनबेच भए । नेप्से परिसूचक ४.९९ अंकले बढेर १२१७.०४ विन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १० उपसमुह मिश्रीत देखिएको छ । ४ उपसमूहको सूचकमा सुधार देखिएको छ भने ६ को सुचक नकारात्मक भए ।

बुधबार जीवन बीमाको सूचक सबैभन्दा धेरै ३८.१९ अंकले बढेको छ । यस्तै वाणिज्य बैंक ८.९३, विकास बैंक ४.०९ र होटल १.६३ अंकले सुधार भएका हुन् । यता माइक्रोफाइनान्सको सुचक सबैभन्दा धेरै १४.०२ अंकले घटेको छ । यस्तै निर्जीवन बीमा ९.३८, उत्पादन तथा प्रशोधन ८.४२, हाइड्रोपावर ०.४४, अन्य ०.२७ र फाइनान्स ०.१३ अंकले नकारात्मक बनेका छन् ।

बुधबार पनि वाणिज्य बैंकहरुमा लगानीकर्ताहरुको आर्कषण रोकिएको छैन् । यस दिन मात्रै बैकिङ्ग समुहको ४५ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

त्यसमा पनि एनएमबि बैंकको शेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । एनएमबि बैंकको ७ करोड २६ लाख रुपैयाँको कारोबार भएको हो । बैंकले चालु आर्थिक वर्षमा राम्रो नाफा आर्जन गर्न सक्ने आँकलन गर्दै लगानीकर्ता बैंकको शेयरमा आकर्षित भएका छन्।

यस्तै एनआईसि एशिया बैंक, नेपाल बैंक, प्रभु बैंक ४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कुमारी माच्छापुछ्रे, सिद्धार्थ, सिभिल, नेपाल इन्भेष्टमेन्ट र एनसिसि बैंकको पनि धेरै रकमको कारोबार भएको छ ।

बुधबारको कारोबारबाट सिभिल लघुवित्तका शेयरधनीरुले सबै भन्दा धेरै ५.७५ अंकले कमाएका छन् । युनिर्भसल पावरको शेयरमूल्य ५.५६ अंकले बढेको छ ।

यस्तै युनाइटेड फाइनान्स, नविल इक्वीटी फण्डको इकाईमूल्य, चौतारी लघुवित्तको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले सुधार भएको छ । खानीखोला हाइड्रोपावर, कृषि विकास बैंक, सिद्धार्थ बैंक, स्वदेशी लघुवित्त, सिजर्ना फाइनान्सको शेयरधनीले ३ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

यता कर्पोरेट डेपलपमेन्ट बैंकको शेयरधनीले सबै भन्दा धेरै ४.०८ प्रतिशतले गुमाएका छन् । यस्तै जनउत्थान सामुदायिक लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, स्वबलम्बन लघुवित्त, रिलायन्स फाइनान्स, आइसिएफसि फाइनान्स, निर्धान उत्थान लघुवित्तको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।